संक्षिप्त

नेतृत्वको आवश्यकता चुनौतीमा हुने धारणाका कोइराला आफुलाई सीपयुक्त बनाउन अग्रसर रहन्छन्

०१.

आधारभूत कम्प्युटर तालिम

२०५८ मा विन्डोज ९८’ को तालिमप्राप्त प्रमाणपत्र ग्रहण गरेर सामान्य लेखापढी र डिजाइन गर्न सक्षम भएर सिकाउँदै आएको

०२.

फोटोसप र पेजमेकर तालिम

२०५९ मा डिजाइनसम्बन्धी विभिन्न सफ्टवेरमा प्रमाणपत्र प्राप्त भएपछि सामान्य डिजाइन गर्न र आफ्ना टिमलाई सिकाउन

०३.
डिजिटल मार्केटिंग प्रशिक्षण

डिजिटल युगमा इन्टरनेटमा गरिने प्रचारबारे सचेत हुन जरुरी भएकाले २०७१ मा प्रशिक्षण लिएर काम गर्दै

०४.
म्यानुअल फोटोग्राफी तालिम

सामाजिक सञ्जाल र अन्य काममा आकर्षक फोटो राख्न भएपनि सिक्नुपर्ने यो सिप २०७३ मा सिकेर अभ्यास गर्दै

०५.
एनएलपी अभ्यासकर्ता प्रमाणपत्र

व्यक्तिगत र संस्थागत संचारमा आफुलाई अध्यावधिक गर्न मनोवैज्ञानिक प्रशिक्षण गरेर अभ्यास गर्दै

०६.
प्रशिक्षकका लागि प्रशिक्षण (ToT)

प्रशिक्षण क्षेत्रमा आफुलाई उभ्याउँदै गर्दा परिष्कृत तवरले सत्र संचालन गर्न सो कार्यशालाको प्रमाणपत्र ग्रहण

०७.
लाइफ कोचिङ लाइसेन्स

नेतृत्व र व्यक्तित्व विकासमा परामर्श गर्न र आफ्नो सिप क्षमता अभिवृद्धि गर्न २०७८ मा लाइसेन्स प्राप्त

०८.
वृत्ति परामर्श लाइसेन्स

नेपालमा धेरै युवा र विद्यार्थीमा भविष्य र पढाईको अस्पष्टता रहेकाले लाइसेन्स लिएर परामर्श गर्दै उहाँहरुको भविष्यनिर्माणमा टेवा

फिचर फोटो

नागार्जुनमा रास्वपाको उदय

नागार्जुन नगरपालिकाका प्रमुख र उप-प्रमुखलाई राष्ट्रिय स्वतन्त्र पार्टीको नगर कमिटि गठन एवं आधिकारिक पत्राचारका लागि ध्यानाकर्षण गर्दै, असार १७, २०८० मा नगर कमिटि गठन भएपछि कोइरालाको सभापतित्वमा नागार्जुन पालिकाले आयोजना गरेका कार्यक्रम, बोलाएका सर्वदलीय बैठक एवं विकास निर्माण र नागरिकको जीवनस्तर गुणस्तरीय बनाउन कमिटि सक्रिय रहिआएको छ

कार्य-अनुभव

आफ्नो जीवनकालमा आधा-दर्जन संस्थामा पूर्णकालीन र १००+ कर्पोरेटमा आंशिक काम गरेका कोइराला आफ्नो लक्ष्यमा प्रगतिशील रहँदै आएका छन्

२०५८-२०७०: अमेरिकी अनुभव

स्वयंसेवा र अमेरिकाको अनुभव​

विद्यार्थीकालदेखि नै समाजसेवामा सक्रिय कोइरालाले २०५८ मा युवा समूह गठन गरेर काम गरेका थिए, २०६१ मा अमेरिका गएपछि समेत सामाजिक सेवा र व्यवसायिक जिम्मेवारी लिएको ८ वर्षको अनुभव छ

२०७०-२०७१: होमल्याण्ड पत्र

होमल्याण्ड मासिकमा जागिर​

२०६३ मा दर्ता भएको होमल्याण्ड मासिकमा एक वर्ष अनुवादक, सम्वाददाता र सम्पादकको जिम्मेवारीमा काम गरेका कोइरालालाई पत्रकारिता, फोटो जर्नलिजम, फिचर लेखनको ज्ञान छ

२०७१-२०७६: मेरोजब डट कम

मेरोजब डट कममा जागिर

सामाजिक सञ्जाल संचालनका लागि संस्था प्रवेश गरेका कोइराला संचार तथा बजार व्यस्थापन विभागका प्रमुखसम्म भएर नेपाली बजारमा सिप प्रवर्दनको लागि महत्वपूर्ण योगदान गर्न सफल भए

२०७६-२०७९: इडियुसञ्जाल

इडियुसञ्जाल​/ इडियुपत्रमा जागिर

रोजगारी क्षेत्रको अनुभव भएका कोइरालाले इडियुसञ्जालमा शिक्षालाई उद्योग र बजारसँग जोड्ने, शिक्षण संस्थाको प्रचार-प्रसारमा सहयोग, नेपाल सरकारसँग गुणस्तरीय शिक्षाको लागि वकालत गर्ने काम गरे

२०७९-वर्तमान: माइण्डसेट क्युब

माइण्डसेट क्युबको संस्थापक

शिक्षा र रोजगारीलाई जोड्न आत्म-विकास, नेतृत्व र व्यवस्थापकीय प्रक्रिया परिवर्तनको बाटो देखाउन संस्थागत प्रशिक्षण, परामर्श तथा कार्यशाला आयोजना गर्न २०७७ मा संस्था दर्ता गरेर काम गर्दै

Scroll to Top