स्थानीयदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आफुलाई परिचित गराएका कोइरालालाई आत्म-विकासबाट परिवार, परिवारबाट समाज र समाजबाट राष्ट्र बन्छ भन्ने लाग्छ; तसर्थ, उनको धेरै समय टिम निर्माण र व्यक्ति बुझ्नमा लगानी गर्न रुचाउँछन्

एक सामाजिक तथा युवा अभियन्ता जो समाज रुपान्तरणमा अनवरत लागिरहेका छन्​

राजन कोइरालाको कथा त्यति लामो छैन तर प्रभाव भने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा देखिँदै गएको छ । वि सं २०४२ मा धादिङ, केवलपुरमा जन्मिएका कोइरालालाई गाउँ, शहर र प्रवास तिनैतिरको सामाजिक र पारिवारिक मूल्यमान्यताको भोगाई र अनुभव छ ।
२०४६ देखि साविकको सितापाइला गाविसका स्थाई बासिन्दा कोइराला पढाइको सिलसिलामा २०६१ देखि २०७० सम्म अमेरिकामा बसेर समाज रुपान्तरणको उद्देश्य बोकेर नेपाल फर्केका हुन् । आमसंचार र पत्रकारितामा स्नाकोत्तर हासिल गरेका कोइरालाको प्रेस र पत्रिकारिता, शिक्षा तथा रोजगारीका साथै व्यवस्थापनमा डेढ-दशकको अनुभव छ ।
हालसम्म युवा शशक्तिकरण, गुणस्तरीय शिक्षा, व्यक्तित्व विकास एवं आत्मविकासमा ४ लाख बढी सहभागीलाई प्रशिक्षण, परामर्श, अन्तरक्रिया कार्यक्रम तथा विभिन्न सत्र संचालन गरेर सेवा प्रदान गरिरहेका कोइराला हाल दूरदृष्टि एवं सुशासनका मुदा बोकेर राजनीतिमा समेत सक्रिय छन् । एक दर्जन बढी कर्पोरेट तथा सामाजिक सम्मान र पुरस्कार पाएका कोइराला राष्ट्रिय स्वतन्त्र पार्टी, नागार्जुन नगर कमिटिका सभापति हुन् ।

२०४५-२०६९: औपचारिक शिक्षा समयरेखा

केवलपुर, धादिङबाट औपचारिक शिक्षाको थालनीपश्चात मुन राइज एकेडेमीमा १ देखि ६ कक्षा पास गरेपछि साइरियस माध्यमिक विद्यालयबाट २०५८ मा प्रवेशिका परीक्षा उत्रिण, पिपल्स क्याम्पसबाट प्रवीणता तह सकेपछि उच्चशिक्षाका लागि अमेरिका प्रस्थान, २०६७ मा युटिए आर्लिङ्ग्टनबाट स्नातक र युएनटी, डेण्टनबाट स्नाकोत्तर उत्रिण

२०५५-वर्तमान: सामाजिक सेवामा आवद्द

२०५८ सालमा शुभकामना युवा समूहको स्थापनादेखि अहिलेसम्म दुई-दर्जन बढी गैर-मुनाफा संस्थामा रहेर विभिन्न क्षेत्रमा योगदान, ४ लाख बढी युवाहरुलाई उत्प्रेरणा, व्यक्तित्व र नेतृत्व विकास, प्रभावकारी सञ्चार प्रणाली, भावनात्मक बुद्धिमता लगायत विषयमा प्रशिक्षण, नेपालभरीका ३५०+ कलेजमा सत्र संचालन

२०५८-वर्तमान: पुरस्कार, सम्मान र प्रसंशा सारंश

विद्यालय स्तरदेखि नै प्रतिभा पुरस्कार तथा छात्रवृति, पिपल्स क्याम्पसबाट स्वर्ण पदक, अमेरिकामा कुशल पत्रकारिता सम्मान, मेरोजब डट कममा दुई पटक वर्षको उत्कृष्ट कर्मचारी सम्मान, कर्पोरेट फ़ुट्सल विजेता, युवा उत्प्रेरणा उत्कृष्ट सम्मान, ११,००० युवालाई सिप सिकाउने लक्ष्यको गूडविल एम्बेस्डर, बेष्ट डिप्लोम्याट स्पिकर सम्मान

२०७९-वर्तमान: समाज रुपान्तरण र राजनीतिमा प्रवेश

२०७९ को स्थानीय निर्वाचनमा समेत गठबन्धनको छलफल भएदेखि आफुलाई स्वतन्त्र उम्मेदवारको रुपमा अगाडि सारेर औपचारिक राजनीतिमा प्रवेश, निर्वाचनपश्चात राष्ट्रिय स्वतन्त्र पार्टीसँग आवद्द भएर नागार्जुन नगरपालिकाका हरेक सर्वदलीय बैठकमा सहभागी हुने; केन्द्र, प्रदेश र स्थानीय बजेटका बारेमा अध्ययन गर्ने, विकास-निर्माणका कामको अनुगमन, वडा-वडामा भेला गरेर जनगुनासा सुन्ने र नागार्जुनको लागि भिजन-निर्माणमा तल्लिन

नागार्जुन रुपान्तरणका लागि व्यस्त कोइराला

विहान उठेदेखि बैठक, भेला, छलफलमा व्यस्त रहने कोइराला बौद्धिक व्यक्तित्वहरुसँग राय सल्लाह लिन रुचाउँछन्, पार्टीका नियमित बैठक बाहेक १० वटा वडाका गल्लिहरुमा भेटिने उनका केहि प्रतिनिधि कार्यक्रमका तस्विर र संक्षिप्त विवरणहरु…

Scroll to Top