आवद्दता
राजन कोइराला दर्जनौ संघ-संस्थामा रहेर विशेषगरी युवा, अपाङ्ग, बालबालिका तथा व्यवसायीहरुको व्यक्तित्व र आत्मविकासमा समय लगानी गरिरहेका छन्, समाज रुपान्तरणमा हरेक नागरिकको जिम्मेवारी, कर्तव्य र अधिकारका बारे सचेतना जगाउन काम गरिरहेका छन्
२०५८
शुभकामना युवा समूह
प्रवेशिका परीक्षा दिएर बसेपछि सितापाइलाका स्थानिय युवाहरुको अग्रसरतामा समूह गठन गरेर सामाजिक कार्यहरुमा सक्रिय, पछि धेरै सदस्यहरु अध्ययनका लागि विदेशिएकाले संस्थाले निरन्तरता दिन नसकेको
२०६१-२०७०
अमेरिकाका विभिन्न नेपाली संघ-संस्थामा आवद्द
अमेरिकामा ९ वर्ष बसाईंका क्रममा विश्वविद्यालयका विद्यार्थी संस्थाहरुमा सदस्य, दक्षिण-एशियाली विद्यार्थी समन्वय कमिटि सभापति, टेक्सास नेपाली समाजको व्यवस्थापिका सदस्य, सांस्कृतिक कार्यक्रमका प्रस्तोता एवं ‘नेपाल दृष्टि’ पाक्षिकको सम्पादक
२०७४-२०८०
नेपाल युवा परिषद, राष्ट्रिय सल्लाहकार समिति सदस्य
नेपाल युवा परिषदमा रहेर देशव्यापी कार्यक्रममा सहभागी भएपछि कार्यसमितिद्वारा सल्लाहकारमा मनोनित; युवा शशक्तिकरणको खाका, रणनीति र कार्यन्वयन सम्बन्धी अध्ययन र सुझाव कार्यसमितिमा पेश
२०७५-२०८१
आइसेक नेपालको यूनिभर्सिटी बोर्ड प्रमुख
नेपालमै पढीरहेका युवालाई विश्वबजारको कार्यशैलीसँग प्रत्यक्ष अनुभव बटुल्न प्रशिक्षार्थीका रुपमा पठाउन समन्वय गर्ने संस्थामा नेपालका विश्वविद्यालयसँग जोड्ने र अन्तरक्रिया गराउने जिम्मेवारीमा काम गरेको
२०७९-वर्तमान
नेपाल व्यवस्थापन संघमा आजीवन सदस्य मनोनित
नेपालमा प्रशिक्षणको अन्तरलाई कम गर्न र कार्य-उत्पादकतामा वृद्दि गर्न कर्पोरेट तथा व्यवसायिक तालिम प्रदान गर्न ‘प्रशिक्षक’को भूमिकामा आवद्द, दुई दर्जन बढी कार्यक्रम संचालन तथा सम्पन्न

सिजन मिडियाद्वारा आयोजित राष्ट्रिय नाँचघर, जमलमा २० प्रतिष्पर्धीको सहभागिता रहेको एसईई प्रिन्सेस-२०८१ मा निर्णायकको भूमिकामा रहेर सहभागीले आफ्नो प्रस्तुती दिँदा नियाल्दै गर्दा